काठमाडौं– खानामा बढी पिरो हुदाँ वा खुर्सानी टोक्दा हाम्रो अनुहार पूरै पसिनाले भिज्छ। त्यस्तै प्याज काट्दा पनि आँसु आउने हुन्छ। झन हाच्छ्युँ आउँदा त आँखा नझिम्क्याई गर्नै सकिँदैन। तर किन यी सब कुरा हुन्छन्, यो विषयमा भने हामीलाई थाहा नहुन सक्छ।
विज्ञानका अनुसार यस्तो हुनुको कारण यस्तो छः
पिरो खुर्सानी खाँदा पसिना आउनुकाे कारण
खुर्सानी वा पिरो हामीले खाँदा खुर्सानीमा हुने ‘क्याप्सिकन’ पनि खान्छौँ। यो एउटा त्यस्तो तत्व हो जसले हाम्रो मस्तिष्कलाई ‘ओभरहिट’ को सिग्नल पठाउँछ। बढी तापक्रमको सूचना पाएपछि मस्तिष्कले लाखौँ ‘ग्ल्यान्ड्स’ सक्रिय बनाएर पसिना निकाल्छ। यसरी पसिना आउनुको एउटै कारण हो, शरीरको तापक्रम स्थिर बनाउनु।
प्याज काट्दा आँसु आउनुकाे कारण
प्याजको पत्रमा एमिनो एसिड मात्र होइन, सल्फेनिक एसिड पनि हुन्छ। त्यसैले प्याज काट्ने समयमा यी दुवै एसिड मिल्छन्। यी दुई एसिड मिल्दा सल्फर ग्यास बन्छ। यो ग्यास हाम्रो आँखामा पुग्छ। त्यहाँको पानीसँग मिल्दा अर्को एसिड बन्छ, ‘सल्फर’ त्यही सल्फर एसिडका कारण प्याज काट्दा हाम्रो आँखाबाट आँसु आउने गर्दछ।
हाच्छ्युँ गर्दा आँखा बन्द हुनुकाे कारण
आँखा र नाक ’क्य्रानिएल’ नशासँग जोडिएको हुन्छ। जब हामीलाई हाच्छ्युँ आउँछ, हाम्रो फोक्सोबाट अत्यन्त द्रूत गति र प्रेसरमा हावा बाहिर निस्कन्छ। यही समयमा मस्तिष्कले हाम्रो अनुहारका नशाहरूलाई खिच्ने सन्देश पठाउँछ।