मोरङ – बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एकजनालाई पक्राउ गरेको छ।
स्कुल जाँदै गरेकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणीप्रयास गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–४ का २५ वर्षीय राजु दमाईलाई पक्राउ गरेको हो।
स्कुल जाँदै गरेकी बालिकाको पिछा गर्दै गएका दमाईले एकान्तमा करणीको प्रयास गरेका थिए। पछाडिबाट मुख थुन्न खाजेपछि बालिका प्रतीकार गरेर भागेकी थिइन्।
बालिकाले किटानी जाहेरी दिएपछि दमाईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए।