काठमाडौं– सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५०० मा झरेको छ।
मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ।
महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ। पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ। माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ। एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ। (रासस)