एजेन्सी – कोरोना भाइरस चीनको राष्ट्रिय स्वास्थ आयोगले हालसम्म रहस्यमयी रहेको यस्तो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेका छन्।
चीनमा नयाँ वर्ष चलिरहेको अवस्थामा कोरोनाभाइरसले चीनका धेरै सहरमा विस्तार भइसकेको र अहिले झण्डै ४० करोड घरतर्फ आउजाउ गरिरहेका भाइरस देशव्यापी हुने भय उत्पन्न गराएको छ। चीनको स्वास्थ आयोगका प्रमुख र स्वासप्रश्वास विज्ञ झोङ नान्शानले ग्वाङदोङ प्रान्तमा कोरोनाभाइरस मानिस-मानिस बीच सरेको दुई केस भेटिएको पुष्टि गरेका छन्। त्यहाँ उपचार गराइरहेका विरामीबाट चिकित्सकलाई भाइरस सरेको हो।
हाल भेटिएका भाइरस सन् २००२–२००३ मा चीन र हंङकङमा फैलिएको सार्स प्रकोपको भाइरस एक प्रजाति हो। चीन सरकारले सार्स प्रकोप फैलिएको समय प्रकोपको स्तरलाई लुकाएका कारण भाइरस ३७ देशसम्म पुगेको थियो। त्यसका लागि धेरैले चिनियाँ सरकारको आलोचना समेत गरेका थिए। यसपटक भने, चीनले भाइरस र प्रकोपसम्बन्धी सुचना विश्वसमुदायसँग बाडिरहेको छ। वर्तमान प्रकोपमा तीनको मृत्यु भइसकेको छ र यो थाइल्याण्ड, जापान र दक्षिण कोरियामा पनि पुगेको छ।
कोरोनाभाइरसबाट संक्रमितकोे लक्षण
कोरोनाभाइरसले निमोनिया गराउँछ। यो भाइरसले विरामीलाई खोकी, ज्वारो र सास फेर्न कठिन हुने समस्या देखिन्छ। भाइरस संक्रमणबाट हुने न्युमोनिया भएकाले यस रोगलाई एन्टीबायोटिकले काम गर्दैन। एन्टी–बायोटिक ब्याक्टेरियाबाट संक्रमणको उपचारमा मात्र प्रयोग हुन्छ। अस्पतालमा भर्ना गरिएका व्यक्तिलाई सास फेर्न सहज उपकरणमा राखिन्छ र तिनलाई धेरै तरल खाद्य खुवाईन्छ। स्वास्थ सुधार तिनको रोगप्रतिरोधात्मक क्षमतामा भर पर्छ।
विज्ञ कति चिन्तित छन्
चीनमा कोरोना–भाइरसको प्रकोप जुन समय सुरु भएको छ, त्यसलाई लिएर जनस्वास्थ विज्ञ बढी चिन्तित छन्। चीनमा नयाँ वर्षलाई सबैभन्दा ठूलो उत्सवका रुपमा मनाइन्छ। यो समय चीनको ठूलो डायस्पोरा पनि देश भित्र–बाहिर गर्ने भएकाले प्रकोप विश्वव्यापी हुने सम्भवाना पनि छ। यो वर्ष चिनियाँ नयाँ वर्ष जनवरी २५ मा परेको छ।
यसले कोरोनाभाइरस विश्वव्यापी हुने डर
कोरोभाइरसका विरामीलाई स्वास प्रस्वास सम्बन्धी रोगमा यही प्रवृति देखिन्छ। यसले गर्दा चिनियाँ अधिकारीले रोगलाई लिएर धेरै चिन्ता लिनु नपर्ने बताइरहेका छन्। तर विज्ञहरु भाइरस थप बलियो होला भन्ने भयमा छन्।