एजेन्सी – सुन्दरताको चर्चा जहाँ पनि हुन्छ। सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ। सुन्दरता सबैलाई मन पर्छ। सुन्दरता प्राकृतिक हुँदा अझ त्यसले बढी लोभ्याउछ पनि। तर कम्बोडियामा केहि भिन्न भएको छ। आवश्यकताभन्दा धेरै सुन्दरता कारण कम्बोडियन एक सुन्दरी समस्यामा परेकी छिन।

अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी ख्वान(Denny Kwan)माथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ। डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ।

वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज हो। उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन्। जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन्। तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन्। आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ।