एजेन्सी — मानिसको मृत्युपछि किरिया गर्ने, पितृ पूजा गर्ने तथा १३ औँ दिनमा मलामीलाई खुवाउने चलन हिन्दु धर्माबलम्बीहरुमा पाइन्छ। तर भारतको उत्तर प्रदेशमा एउटा कुकुरको मृत्यु भएको छ। मुजफ्फरपुर जिल्लास्थित कालू नामको उक्त कुकुरको मृत्युमा गाउँ नै शोकमा परेको थियाे
मृत्युपछि त्यस कुकुरको विधि विधान अनुसार अन्त्येष्टि गरियो। तेह्रौँ दिनमा विशेष पूजा गरी कुकुर मालिकले ११ सय मानिसलाई पितृभोज समेत खुवाएको पाइएको छ। त्यस कुकुरको नाम कालू थियो। डाक्टर सेनीले कुकुरको भव्य बिदाइ गरेका थिए। कालुको मृत्यु जनवरी १३ मा भएको थियो। उनका लागि कालू केवल कुकुर मात्र थिएन परिवारकै एक हिस्साको रुपमा थियो।
केही वर्षअघि भुस्याहा अवस्थामा गल्लीमा घुमिरहेको अवस्थामा सैनीले कालूलाई घरमा ल्याएर पालेका थिए। त्यतिबेला सैनीको परिवार आर्थिक रुपमा निकै समस्यामा थियो। तर जब घरमा कालू आयो त्यसपछि सैनी परिवारमा सौभाग्य सुरु भयो। समस्याहरु हट्दै गए र सम्वृद्धि आयो। त्यसैले कालू कुकुर आफ्नो परिवारको सौभाग्य भएको ठान्थे सैनी परिवार।
त्यस्तो शुुभ कुकुरको मृत्युमा सैनी परिवार शोकमा पर्नु अनौठो थिएन। त्यसैले त्यो शोकको घडीमा कुकुरप्रति प्रेम दर्शाउन र उसको आत्माको चीर शान्तिका लागि उनले १३ औँ दिनमा भोजको आयोजना गरे। भोजमा ११ सय जना मानिसलाई निम्तो दिइएको थियो।