एजेन्सी– न्यूजिल्याण्ड ‘ए’ विरुद्धको अनौपचारिक एकदिवसीय खेलमा भारत ५ विकेटले विजयी भएको छ। न्यूजिल्याण्डले दिएको २ सय ३२ रनको लक्ष्य भारतले २९.३ आभरमा ५ विकेट गुमाएर पूरा ग¥यो।
उसका लागि पृथ्वी शाले ४८, सञ्जु स्यामसनले ३९, सूर्यकुमार यादवले ३५, कप्तान शुभमन गिलले ३०, मंयक अग्रवालले २९, विजय शंकरले अविजित २० र कुणाल पाण्ड्याले अविजित १५ रनको योगदान दिए। बलिङमा न्यूजिल्याण्डका जिमी नीशिमले सर्वा्धिक २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्ड ‘ए’ टिमले ४८.३ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन मात्र बनाउन सक्यो। उसका लागि रजिन रवीन्द्रले सर्बा्धिक ४९ रन बनाए। बलिङमा भारतका मोहम्मद सिराजले ३, खलिल अहमद, अक्षर पटेलले २–२, जिय शंकर र राहुल चाहारले एक–एक विकेट लिए।