काठमाडौं– होन्डा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले १८ सय सीसी मोटरसाइकल नेपाल भित्र्याएको छ। कम्पनीले होन्डा गोल्डविङ १८ सय नेपाली बजारमा भित्र्याएको हाे।
याे मोटरसाइकलमा १८ सय ३३ सीसी ६ सिलिन्डर एफआई इन्जिन रहेको छ। जसले १ सय २५ बीएच पावर तथा १ सय ७० एनएम टर्क जेनेरेट गर्छ। यो मोटरसाइकलमा एप्पल कारप्ले इन्ट्रिगेसन, रिभर्स गियर र मल्टिपल राइडिङ मोड, एबीएस, हिल स्टार्ट असिस्ट, अडियो सिस्टम जस्ता फिचर रहेको छ।
होन्डाले यो एक युनिट बाइक मात्र हाल उपलब्ध गराएको छ। जसकाे मूल्य निकै नै महंगो रहेकाे अनुमान गरिएकाे छ। भारतमा समेत यसको मूल्य २८ लाख भारु तोकिएको छ। यद्यपी नेपाली बजारमा भने यसको मूल्यको बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।