काठमाडौं – मानिसको स्वाथ्यसँग जोडिएको एक महत्वपूर्ण पार्ट भान्सा हो। भान्सामा खानेकुरा पकाइन्छ र राखिन्छ, तर कहिले काँही अन्जानमा कैयौ यस्ता बस्तु पनि राखिन्छ जुन स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ।
के हो त्यस्तो बस्तु
फलफूलका विउ — अमेरिकामा गरिएको अध्ययनका अनुसार स्याउ र चेरी जस्ता फलको विउमा एक प्रकारको हाइड्रोजन सायनाइड हुन्छ जसलाई प्रसिक एसिड भनिन्छ। यो एसिड स्वास्थ्यका लागि हानिकारक हुन्छ।
बदाम — बदाम दुई प्रकारका हुन्छन्। पहिलो मिठो बदाम र दोस्रो हल कडुआ बदाम हुन्छ। रिपोर्टअनुसार कडुवे बदाममा पनि हाइड्रोजन सायनाइड मात्रा निकै हुन्छ। जो स्वास्थ्यका लागि हानिकारक हुन्छ।
हरियो टमाटर — अमेरिकी च्यानल फोक्स न्यूजले प्रकाशित गरेको रिपोर्ट अनुसार टमाटरको भित्री दाना र पातमा अल्कली नामको विषालु पदार्थ पाइन्छ। र यो विषालु पदार्थ हरियो टमाटरमा पनि पाइन्छ, यसकारण हरियो टमाटर खानबाट बच्नुपर्छ। वा यसलाई आगोमा पोलेर खान सकिन्छ।
प्रशोधित नगरिएको मह — रिपोर्टअनुसार महलाई माहुरीको जालोबाट निकालेर सिधै खानुहुँदैन्। किनकि केही जालोको महमा ग्रेयानोटक्सिन पाइन्छ। जसको सेवनले शिथिलता र कमजोरीको खतरा रहन्छ। यसकारण प्रशोधित महको प्रयो गर्नु राम्रो हुनेछ।
काँचो काजु — बजारमा पाइने काजु अधिकांश पाकेको हुन्छ अथवा वाफले पकाइएको हुन्छ। काँचो काजुलाई पकाउँदा यसमा रहेको आईवी नामक विषालु रसायन निकलिन्छ। काँचो काजु खानेका लागि यो रसायन घातक साबित हुनसक्छ।
आलु — टुसाइकोे आलुको प्रयोग पनि स्वास्थ्यका लागि हानीकारक छ। रिपोर्टका अनुसार आलुको हरियो टुसा र पातमा ग्लाइकोअल्कोलाइड्स नामको रसायन पाइन्छ। जसको सेवनले डायरिया, पेटदर्द र टाउँको दुख्ने समस्या हुनसक्छ। यो रसायन धेरैदिनसम्म अध्यारोमा राखिएको आलुमा पनि पाइन्छ। (एजेन्सी)