एजेन्सी– कलाकारहरुका साना तिना कुराहरु पनि सबैको चासो विषय बनिरहेका हुन्छन्। चलचित्र ‘गंगुबाई काठियावाडी’ को छायाँङ्कनका क्रममा नायिका आलिया भट्ट घाइते भएको खबर फैलियो।
यो खबर फैलिएपछि आलियाले स्पष्टिकरण दिएकी छिन्। आलियाले विज्ञप्ती नै जारी गर्दै चलचित्रको छायाँङ्कनका क्रममा आफू घाइते नभएको उल्लेख गरेकी छिन्। उनले आफ्नो पुरानो घाउ वल्झिएकाले केही दिन छायांँङ्कन रोकेर आराम गरेको उल्लेख गरेकी छिन्।
त्यस्तै आलियाले आफूलाई शिघ्र स्वास्थ्य लाभको शुभकामना दिनेहरुलाई धन्यवाद समेत दिएकी छिन्। आलियाले सामाजिक सञ्जालमा आफू निदाइरहेको तस्वीर पोष्ट गरेपछि उनी घाइते भएको खबर फैलिएको थियो।
आलियाले विज्ञप्तीमा भनेकी छिन्, ‘ती सबै समाचार, जसमा मैले छायाँङ्कन सेटमा आफूलाई घाइते बनाएकी छु भन्ने छ, ती सबै गलत छन्। यो एक पुरानो चोट हो, जुन फेरि बल्झियो।
यसकारण, म केही दिन घरमै आराम गर्नुपर्ने भयो। यो दुर्घटना वा अरु केही पनि होइन।’ आलिया अहिले सञ्जयलिला भन्सालीको निर्देशनमा बनिरहेको चलचित्र ‘गंगुवाई काठियावाडी’ मा काम गरिरहेकी छिन्।