काठमाडौं– अब अनलाइन मार्फत घरबाटै औषधी अर्डर गर्न सकिने भएको छ। २५ प्रतिशत छूटमा नेपमेडले घरमै औषधी डेलिभरी दिन सुरु गरेको हो।
ग्राहकहरुले नेपमेडको वेबसाइट तथा मोबाइल एपमार्फत औषधी तथा स्वास्थ्य सामग्री मगाउन सकिने छ। आईओएस प्रयोगकर्ताले भने एपका लागि केही समय कुर्नुपर्ने कम्पनीले जनाएको छ।
नेपमेडबाट औषधीको अर्डर गर्दा ई–सेवा, खल्ती र आईएमई–पेमार्फत त्यसको अनलाइन भुक्तानी समेत गर्न सकिनेछ। कम्पनीले पाँच सय रुपैयाँ मुनीको अर्डरमा ५० रुपैयाँ डेलिभरी चार्ज लिँदै आएको छ तर त्यसभन्दा बढीको अर्डरमा भने निःशूल्कमा डेलिभरी दिने गरिएको कम्पनीले जनाएको छ।
हाल काठमाण्डौं उपत्यका र चितवनमा औषधीको अनलाइन अर्डर र डेलिभरी सुविधा दिँदै आएको नेपमेड चार महिना अघिदेखि सुरु भएको थियो भने अबको केही समयपछि बुटवल र पोखरामा समेत सेवा विस्तार गर्ने तयारीमा कम्पनी रहेको छ।
नेपमेडको वेबसाइटकाे लागि यहाँ र एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।