काठमाडौं – मानिस रुँदा आँखाबाट आँशु बग्छ । तर, अनायासै पनि मानिसको आँखामा आँशु आउँछ। आँखामा इन्फेक्सन हुँदा पनि आँखाबाट आँशु बग्छ। आँखाबाट आँशु बग्नुलाई सामान्य प्रक्रिया मानिन्छ। तर, चिकित्सा विज्ञानका अनुसार विभिन्न हर्मोन वा अन्य कारणले आँखाबाट आँशु आउने गर्दछ। ग्रन्थीमा बढी मात्रामा उत्तेजित भएमा आँसु बढी आउँछ।
लक्षणहरु
रातीको बेलामा र बिहान उठ्ने बित्तिकै बढी आँखा सुख्खा हुन्छ । आँखा बिझाउने, आँखामा बालुवा परेको जस्तो हुने, एकछिन आँखा तिरमिराउने, म्यूकस, उज्यालोमा हेन नसकिने, हावा सहन नसक्ने हुन्छ।
आँशु बग्ने कारणहरु
१. कर्निया वा कन्जुक्टाइभामा इरिटेशन भएमा, पिरो भएमा, धुँवा भएमा।
२. हाइ गर्दा, खोकी लाग्दा,रुघा लाग्दा, उल्टी हुँदा।
३. चहकिला उज्यालोमा पनि आँसु आउने गर्दछ।
यसको उपचारहरु
दिनको ४ पटक औँलाको कोषबाट नाकसम्म चोर औँलाले थिच्दै मालिस गर्ने। एन्टिवायोटिक्समा सल्फासेटामाइक वा क्क्लोरामफेनिकल प्रयोग गरिन्छ।९०–९५ प्रतिशतसम्म यो प्रविधिबाट ठीक हुने गरेको विज्ञानहरुले बताएका छन्। यदि ठीक नभएमा १०–१२ महिनाको उमेरमा पुरै बेहोस गरेर प्रोविङ्ग गरिन्छ । प्रोविङ्गबाट पनि ठीक नभएमा सीलिकन ट्युब ६ महिनासम्म राखिन्छ।