काठमाडौं – स्वास्थ्यवर्धक अण्डा, बिभिन्न पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुर्याउँछ।
अण्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ। त्यसैले अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको रूपमा मान्ने गरेका छन्। अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छ।
गुणकारी अण्डा खानुका केही प्रमुख फाइदा
चेतना बढाउन
शरीरको प्राकृतिक चेतना अर्थात् रिफ्ल्याक्सेसमा सुधार गर्नका लागि अण्डा सहयोगी हुन्छ र अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ। अण्डामा कोलिन नामक तत्व पाइन्छ। यो हामीले खाने अन्य खाद्यपदार्थमा विरलै पाइन्छ। यो तत्वले कोष झिल्ली निर्माणमा सहयोग पूराउँछ र मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्छ।
आँखाको सुरक्षा
अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छअण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छन्। यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई दूर गर्छ।
मोटोपन घटाउन सहयोग गर्छ
अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यताका कारण दुब्ला मानिसहरुले मोटाउनकै लागि अण्डा खाने चलन नभएको होइन। तर यथार्थ के हो भने अण्डाले दुब्लालाई मोटाउन भन्दा मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोग पूराउँछ।
बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन सहयोग मिल्छ। अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरुलाई फाइदै पुग्छ।
रक्तचाप कम गर्न तथा मुटुरोगबाट बचाउन
उक्त रक्तचापबाट जोगिन समेत अण्डाको सेवन लाभदायी हुन्छ। अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनका लागि नकारात्मक उत्प्रेरकको भूमिका खेल्छ। अण्डामा फाइदाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन्। यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ।