एजेन्सी– इटालियन कम्पनी आईकोनाले भारतमा आयोजना हुने अटो एक्स्पो २०२० मा आफ्नो नयाँ इलेक्ट्रीक कार ‘न्यूक्लस’ सार्वजनिक गर्ने भएको छ।
यो गाडी पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित रहने छ। त्यसैले यसमा पर्सनल कन्ट्रोल, सेन्टर ट्राभल ड्यासबोर्ड, मल्टीडिस्प्लीनरी मिडिया सिस्टम, मोवाइल अफिस एसेस किट र वायरलेस डिभाइस चार्जर जस्ता फिचर रहने छन्।
निकै पावरफुल रहेको यो कार पाँचौ लेभलको होलोमेटिक ड्राइभिङ सिस्टम रहेको छ, जसमा ११० किलोवाटको मोटर प्रयोग गरिएको छ। सो मोटरले ६०० एचपी पावर प्रदान गर्नेछ भने बोलोरो व्ल्यू सोलुसनको ४ अल्फा एल १५०० व्याट्री प्रयोग गरिएको छ।
उक्त व्याट्रीलाई एकपटकको फुलचार्जमा १२०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ। यो कार अटोनोमस ड्राइभिङ लेभल फाइभ बराबरको हुने छ, जुन रेगुलरको तुलनामा दुई जेनेरेशन अगाडि रहेको कम्पनीले जनाएको छ।
यो गाडीको लम्बाई ५२५९ एमएम, चौडाई २११५ एमएम र उचाई १७४२ एमएम रहने छ। कुल तौल २ हजार ५० केजी रहेको यसको ह्वीलवेस ३३१० एमएम रहेको छ।