काठमाडौं– नायिका पूजा शर्मा अहिलेकी सबैभन्दा व्यस्त र सफल नायिका हुन्। चितवनमा रहेको सीजी लेण्डमार्कमा सञ्चालनमा आएको केटीएम सीटी तथा आन्टाको शोरुमको नायिका पूजा शर्माले उद्घाटन गरेकी छिन्।
शोरुमको उद्घाटन गर्न नायिका पूजा शर्मा चितवन पुगेकी थिइन्। नायिका शर्माले निकै कम खर्चमा आफ्नै देशमा उत्पादित स्वदेशी ब्रान्ड रोज्न पाउनु गौरवको कुरा भएको बताइन्। नायिका शर्माले चितवनमा पुग्दा आफूलाई जहिले पनि आनन्द आउने बताइन्।
कार्यक्रममा गायक रामचन्द्र काफ्लेले आफ्नो सांगीतिक प्रस्तुति पस्किएका थिए। उनलाई गायिका जुनु रिजालले साथ दिइन्। यस्तै, हाँस्य कलाकार पल्पसा डंगोलको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। स्क्वाड नेपाल प्रालि चितवनभरको केटीएम र अन्टा ब्रान्डको वितरक हो।