एजेन्सी– भारतमा विवाहको तयारीमा रहेका जोडीका बाबु-आमाले भागेर विवाह गरेपछि उनीहरुको विवाह रोकिएको छ।
गुजरातबासिन्दा युवा–युवतीको फेब्रुअरीको दोस्रो साताका लागि विवाह तय भएको थियो। उनीहरुका बाबु-आमाले भागेर विवाह गरेपछि त्यो जोडीले विवाह नगर्ने निर्णयमा पुगेको हो।
दुलाहाका ४८ वर्षीय बाबु एक टेक्सटायल व्यवसायी हुन्। उनले जनवरी १० मा दुलहीकी ४६ वर्षीया आमालाई भगाएको टाइम्स अफ इन्डियाले जनाएको डेलिमेलले उदधृत गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार विवाहको तयारीमा रहेको त्यो जोडीका अभिभावक सानैदेखि एकअर्कालाई चिन्थे र उनीहरु कतागाम क्षेत्रमा छिमेकीसमेत थिए।
एक वर्षअघिदेखि विवाह गर्ने तय भए पनि विवाहको अन्तिम तयारी सुरु भएको समयमा उनीहरु भागेका हुन्। डेली मेल