काठमाडौं – मुखको भित्री भाग तथा गलाको माथिल्लो सतहमा दुई गाँठा हुन्छन्, जसलाई बोलीचालीको भाषामा टनसिल भनिन्छ। यो संवेदनशील अंग हो, यो चिसोले सुन्निने गर्छ। तसर्थ टनसिलको समस्या प्रायः चिसो मौसममा देखिने गर्छ। टन्सील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो।
यसको लक्षण
घाँटीमा खसखस हुने, खाना, र्याल, रस, थुकसमेत निल्न गाह्रो हुने र बोल्दा कठिनाइको अनुभव हुने गर्दछ।
टनसिलको जडीबुटी उपचार
मनतातो पानीमा फिटकिरी मिसाएर उठ्नेबित्तिकै र सुत्नेवेलामा कुल्ला गर्ने, तुलसी तथा खयरको बोक्रा लशून, असुरो, भृंगराजको चिया नुनसँग दिनको ३–४ पटक पिउने र खयरको बोक्रा चुस्ने।
टनसिलका लागि प्राकृतिक चिकित्सा
कुलकुल तथा कुञ्जल क्रिया गर्ने, एनिमा तथा बाफ लिने, घाँटीमा तातो पट्टि लिने, जीवनशैली परिवर्तन गर्ने। जस्तै, चुरोट, तमाखु, गाँजाजस्ता धूमजन्य पदार्थको सेवन छोड्ने र बासी, दूषित, बेमेल र अप्राकृतिक, चिसो भोजन नखाने।