एजेन्सी– पाकिस्तानी २७ वर्षीया वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन्। ४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन्।
खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातले आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन्।हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ। तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन।परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ। हयातको उचाई ६ फिट ६ इन्च छ।
यस अतिरिक्त, युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ। हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन्। उनी दैनिक ३६ वटा त अण्डा खान्छन्।
हयात आफ्नोबारेमा भन्छन्, ‘मलाई कुनै स्वास्थ्य समस्या छैन। म अहिलेको वजनमा बिलकुल स्वस्थ र सहज महसुस गर्छु। म संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको नाम लेखाउनको लागि दैनिक अत्यधिक खाना खान्छु। मैले किशोरावस्थामा आफ्नो वजन बढाउन सुरु गरेको थिए।’
‘यो सिलसिला अझै पनि जारी छ। मलाई सम्पूर्ण पाकिस्तानले चिन्छन्, हयातले भने।
हयातले एक ट्रयाक्टरलाई डोरीले बाँधेर तानेको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए।हयातका अनुसार, ‘मेरा आमाबुवा नाती नातिना खेलाउन चाहन्छन्। त्यसैले चाडै मेरो विवाह गराउन खोजिरहेका छन्। अहिलेसम्म तीन सय प्रस्ताव आइसकेको छ तर मेरो शरीर अनुसार जोडी नमिल्ने सोचेर सबै सम्बन्ध तोड्नु प¥यो।’