काठमाडौं– हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उनले सिट बेल्ट नलगाई कार चलाएको हुदाँ ट्राफिक प्रहरीले चिट काटेको हो। बुधबार बिहान ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै उनी कारबाहीमा परेका हुन्।
कारबाहीमा परेपनि ट्राफिक प्रहरी जवानले आफूसँग राम्राे व्यवहार गरेकाे माग्ने बुढाले बताएका छन्। गल्ति आफ्नै भएकाेले कारबाही जायज भएकाे उनले प्रतिक्रिया दिएका छन्। उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन्।
घिमिरेले भने ‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु, आफैं लाइसेन्स दिउँ दिउँ लाग्ने गरी ट्राफिक प्रहरी बोल्नु भएपछि मैले पनि हुन्छ भँने।’ यस्ताे व्यवहार सबै प्रहरीले सिको गर्नुपर्ने माग्ने बुढा बताएका छन्। यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँको जरिवाना गरिएको छ।