एजेन्सी– स्याटेलाइट तथा अर्थ अब्जरभेसन स्टार्टअप क्यापेला स्पेसले हालै आफ्नो स्याटेलाइट टेक्नोलोजीको नयाँ डिजाइन सार्वजनिक गरेको छ।
कम्पनीले तयार पारेको सो नयाँ डिजाइनको टेक्नोलोजीले पृथ्विको हाई रिजोल्युशनको तस्विर लिन सक्ने बताइएको छ। जसले ०.५ मिटर वा १.६ फिट भित्रको हाई रिजोल्युशनको तस्विर प्रदान गर्न सक्दछ।
जसकारण अब ग्राहकहरुले स्याटेलाइटहरुबाट प्राप्त हुने तस्विरहरु आफूले चाहेको स्थानको बारेमा अझ स्पष्टरुपमा हेर्न सक्नेछन्। क्यापेलाको स्याटेलाइटहरु सिन्थेटिक एपेर्चर राडार(एसएआर) इमेजिंग स्याटेलाइटहरु हुन्।
जसले बादल लागेको बेला वा रातीको समयमा पनि पृथ्विको कक्षको टूडी (2D) तस्बिरहरु प्रदान गर्न सक्षम हुनेछ। एसएआर इमेज रिजोल्युशन सामान्यतया ०.५ मिटरका रेन्ज भन्दा निकै उच्च हुन्छन्। यो विशेषगरि साना स्याटेलाइटहरुबाट लिनु निकै चुनौतीपूर्ण कार्य हो।
क्यापेला स्पेसले गरेको यो अपग्रेडले भविष्यमा अमेरिकी सरकार प्रमुख ग्राहक हुनसक्ने बताईएको छ। जसमा अमेरिकी एयर फोर्स र नेशनल रिकोन्साइन्स अफिसले पनि त्यस्तो सुविधा किन्न सक्नेछ्। आगामी मार्च महिनामा क्यापेलाका ६ वटा स्याटेलाइटहरु उडान भर्न तयार हुनेछन्।
https://youtu.be/day11hxuyKU
एजेन्सीकाे सहयाेगमा