एजेन्सी– लन्डन बेलायतका राजा एडवर्ड–८ ले राजगद्दी छोड्नुपूर्वको तस्बिर भएको एक सुनको सिक्का १४ लाख डलरमा बिक्री भएको छ। यसलाई विश्वकै अत्यन्त दुर्लभ सिक्कामध्येको एक मानिएको छ।
बेलायती राजवंशको सिक्काको बिक्रीको यो एउटा नयाँ रेकर्ड हो। महारानी एलिजाबेथ द्वितीयका हजुरबुवा किङ एडवर्ड–८ ले एक अमेरिकी विधवा वेलिन सिम्पसनसँग विवाह गर्नका लागि राजगद्दी त्याग गरेका थिए।
राजगद्दी छोड्नुपूर्वको उनको तस्बिर भएको यो सिक्का किन्ने व्यक्ति एक निजी संग्र्रहकर्ता हुन्। उनी आफ्नो परिचय गोप्य राख्न चाहन्छन्।
शाही टक्सारका संग्रह सेवाका प्रमुख रेबेका मोर्गनका अनुसार यो सिक्काको कीर्तिमानी मूल्य आश्चर्यमा पार्ने खालको भएको बताएका छन्।
किंग एडवर्ड–८ को तस्बिर भएको यो सिक्का अत्यन्त दुर्लभ सिक्का मध्येको एक भएको र विश्वमै संग्रह गर्न लायकको सिक्का हो।
शाही टक्सारका अनुसार २२ क्यारेट सुनको यो सिक्का कहिल्यै सर्वसाधारणका लागि जारी गरिएन र थोरैै मानिसलाई मात्र यसका बारेमा जानकारी थियो।