काठमाडौं– चर्चित लोकदोहोरी गायक राजु परियार र कृष्ण परियारको आवाजमा नयाँ गीत ‘मै भुले तिम्रो मायामा’ सार्वजानिक भएको छ। राजु परियार र कृष्ण परियार नेपाली लोक तथा दोहोरी गीतमा अत्याधिक रुचाइएको आवाज हो। रुमाल धोको छु भन्ने गीतमा यो जोडीलाई दर्शकले अत्याधिक रुचाए।
चर्चित संगीतकार राजकुमार बगरको शब्द र कृष्ण परियारकै लयको यो गीत कृष्ण परियारकै प्रस्तुतिको रुपमा बजारमा आएको छ। स्मिृति तिमल्सीनाको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोमा चर्चित मोडल शंकर बि.सी. र रुविना भण्डारीको नृत्य रहेको छ। अडियोको जमानामा निकै लोकप्रिय गीतहरु दिन सफल गायिका कृष्ण परियारको यो अहिलेको सन्दर्भमा महङ्गो लगानीमा बनेको उत्कृष्ट प्रस्तुति हो।
सुमधुर स्वरकी धनी गायिका कृष्णाको पछिल्लो समय व्यावसायिक गीतमा कमै आवाज सुनिएतापनि उनका आफ्नै प्रस्तुतिहरु एकपछि अर्को सार्वजानिक भईरहेका छन्। समग्रमा गीत एकदमै राम्रो बनेको छ। कृष्ण परियारको अफिसियल यूटूब च्यानलबाट सार्वजानिक गरिएको छ।
link click here