काठमाडौं– दामनमा एक रिसोर्टकाे काेठाभित्र ८ जना भारतीय नागरिक बेहोस अवस्थामा भेटीएका थिए। उनीहरूकाे उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थीयो। उक्त घटनाकारे छानविन गर्न सरकारले समिति गठन गरेको छ।
होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन भएको र समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ। पर्यटन विभाग, होटेल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने भएका् छ।
विभागका अनुसार घटनामा पर्यटकको सुरक्षामा रिसोर्टको तर्फबाट कमजोरी भए–नभएको बारे हेरिनेछ र रिसोर्टले निर्धारित मापदण्ड पुरा गरे नगरेको सम्बन्धमा समेत अध्ययन गर्ने तयारी पनी भएको छ। रिसोर्टमा पर्याप्त सुरक्षा प्रवन्ध भएको या नभएको व्यवस्थापकीय कमजोरी भए–नभएको सम्बन्धमा समेत अध्ययन गर्ने भएको छ।
आगामी दिनमा यस प्रकारका घटना नदोहोरिहोस के भनरे सम्त सुझाव दिने गरी समिति गठन भएको हो। दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीय पर्यटक एउटै कोठामा मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए।
ती पर्यटक भारतको केरेलाबाट थीए। घुम्दै पोखरा, काठमाडौं, हेटौडा, हुँदै दामन पुगेकाका ८पर्यटकहरुको मृत्यु भएको थियो।