काठमाडौं – निमास एजुकेशनको आयोजनामा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको छ। बुधबार एक कार्यक्रमविच निमासले ईक्यान पदाधिकारीहरुको सम्मान गरेको हो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत उच्च शिक्षा महाशाखाका प्रमुख सह–सचिव रामशरण सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख उप–सचिव फटिक बहादुर के.सी. अधिवक्ता मुकुन्द न्यौपाने, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष युवराज कटुवाललगायतको सहभागिता थियो।
सम्मान कार्यक्रममा ईक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डे, पुर्वअध्यक्षद्वय राजेन्द्र बराल र दिपक गुरुङलगायत अन्य नवनिर्वाचित प्रतिनीधिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा निमास एजुकेशनका निर्देशक सरोज थापाले नयाँ कार्यसमितीको सफलताको कामना गरेका थिए।
