एजेन्सी– उदास र दुःखी मानिसहरुमा आधारित भएर गरिएको अनुसन्धानले धुम्रपान र दुखी मानिसहरु बीचको सम्बन्धको बारेमा अध्ययन गरेको छ। उक्त अनुसन्धानमा उदासी र नकारात्मक भावना भएका मानिसहरुमा धुम्रपान गर्ने बानी हुने पत्ता लागेको छ।
उदासी र नकारात्मक भावनाले मानिसलाई मध्यपान र धुम्रपान गर्न अभिप्रेरित गर्ने अध्ययनले देखाएको छ। अनुसन्धान प्रमुख चाल्र्स ए. डोरिसनका अनुसार विभिन्न प्रकारका नकारात्मक भावना, रिस, घृणा, तनाव, उदासी, डर र लाजका कारण मानिसमा धुम्रपानको बानी लाग्ने र विस्तारै उनीहरू ‘चेन स्मोकर’ बन्ने बताएका छन्।
उक्त अनुसन्धानमा चार प्रकारले अध्ययन गरिएको थियो। जसले राष्ट्रिय जनगणनाको आधारमा २० वर्षभित्रको १०, ६८५ जनाहरुमाथि जाँच गरेको थियो सहभागी हरुमा धुम्रपानको लत लाग्नुको कारण दुख भएको पाइएको थियो। यसैगरी, दोस्रो अनुसन्धानको अनुसार उदास हुनु नै जीवनमा घट्ने नकारात्मक घटना र धुम्रपान गर्ने कारण भएको पाइयो। यस परिक्षणमा ४२५ जना धुम्रपान गर्नेहरुसँग अनलाइन बाट अनुसन्धान गरिएको थियो।
उदासी नै धुम्रपान गर्नुको प्रमुख कारण भएको उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ। उक्त अनुसन्धानमा संलग्न भएका सहभागीहरुले दुखी हुँदा धुम्रपान गर्न अभिप्रेरित हुने बताएका थिए। साथै, यही कारण नै धेरैमात्रामा धुम्रपान गरेको पनि बताएका छन्।