तस्वीरः खबरहव
काठमाडौं – प्रजातान्त्रिक अभ्यास सूचाकांकमा नेपालको स्थिति सुधार भएको छ। बेलायतबाट प्रकाशित प्रशिद्ध अन्तर्रा्ष्ट्रिय पत्रिका ‘द इकोनोमिष्ट’ले वार्षिक रुपमा सार्वजनिक गर्दै आएको डेमोक्रेसी इंडेक्समा नेपालको प्रजातान्त्रिक अभ्यास सुधारिएको जनाइएको छ।
१ सय ६५ वटा मुलुकलाई समेटेर द इकोनोमिक ग्रुपको रिसर्च विभाग द इन्टिलिजेन्स युनिटले गरेको अनुसन्धान अनुसार नेपालले सन् २०१८ को तुलनामा ५ स्थान सुधार गर्दै ९२ औं स्थानमा उक्लिएको हो। सन् २०१८ मा नेपाल ९७ औं स्थानमा थियो।
नेकपाको सरकार आगामी चुनावअघिसम्म रहने, चीन र भारतसँगको सम्बन्ध सन्तुलित हुँदै जानु जस्ता कारणले स्थिति सुधार भएको जनाइएको छ। रिपोर्ट अनुसार सन् २०१९–२०२० मा वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ७ प्रतिशत औसत रहने पनि अनुमान गरिएको छ। जसले निजी खपत र निश्चित लगानीबाट सफल हुने अपेक्षा सहित स्थितिमा सुधार आएको उल्लेख गरिएको छ।
रिपोर्ट अनुसार नर्वे प्रजातान्त्रिक अभ्यास गर्ने मुलुकहरुको सूचिमा शीर्ष स्थानमा छ। आइसल्याण्ड दोस्रो स्थानमा रहँदा अमेरिका भने २५ औं स्थानमा छ। छिमेकी मुलुक भारत ५१ औं स्थानमा छ।