एजेन्सी – इटालियन महाररथी युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रोमालाई ३–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम चारको यात्रा तय गरेको हो।
युभेन्ट्सको जितमा रोनाल्डोसँगै रोड्रिगो बेन्टानकर र लियोनार्दाे बोनुचीले गोल गरे । रोमाले आत्मघाती गोल उपहार पाएको थियो। घरेलु मैदानमा खेलको २६औं मिनेटमा गोन्जालो हिगुआइनको क्रस पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए। ३८औं मिनेटमा रोड्रिगो बेन्टनकरले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे।
पहिलो हाफको इन्ज्युरी समयमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई ३–० को अग्रतासहित सहज जिततर्फ अघि बढाए। दोस्रो हाफमा आत्मघाती गोलसँगै रोमा खेलमा फर्कने संकेत ग¥यो। ५०औं मिनेटमा रोमाका अण्डर्सको प्रहार पोस्टको क्रस बारमा लागेर फर्कदै गोलकिपर बुफोनलाई लागेर गोल भएको थियो।
त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेन र युभेन्ट्स ३– १ ले विजयी भयो। अब युभेन्ट्सले एसी मिलान र टोरीनोबीचको विजेतासँग फाइन्ल प्रवेशका लागि खेल्नेछ। अर्काे सेमिफाइनलमा नेपोलीले इन्टर र फियोरेन्टिाबीचको विजेतासँग खेल्नेछ। नेपोलीले लाजियोलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थन सुरक्षित गरेको थियो।