काठमाडौं – अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत राेग हो। जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। अल्जाईमरको समस्या आम बन्दै गएको छ। विशेषगरी, ६५ वर्ष उमेरको मानिसमा अल्जाइमर समस्याका रूपमा देखिन थालेको छ।चिकित्सकका अनुसार अल्जाइमर एक प्रगतिशील रोग हो। यो रोगको निश्चित उपचार छैन्।
अल्जाईमरका कारणहरु
१. मष्तिष्कको हिप्पोक्याम्पस, दायाँबायाँ र अगाडिका भागको स्नायुहरू गुजुल्टो परेर तथा ती स्नायुकोषभित्र ’ताउ’ नामक प्रोटिन जमेको हुन्छ।
२. स्नायुकोष तथा स्नायुबाहिर ‘विटा इमाइलोड’ नामक प्रोटिन टाँसिएको हुन्छ, जसका कारण स्नायु र रक्तनलीहरू साँघुरो भएर मस्तिष्क कोष तथा स्नायुकोषहरू मर्छन्। त्यस्तै, विटा एमाइलोड’ले एसिटाइलकोलिन नामक हार्मोन–सिक्ने, सम्झने, सोचविचार गर्ने हार्मोन घटाउँछ।
लक्षणहरु
१. घटना एवं कुराकानी बिर्सने।
२. सामान हराइरहनु, आफैँ हराइरहनु।
३. जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु।
४. जोडघटाउलगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु।
५. एउटै कुरा बारम्बार दोर्होयाइरहनु।
६. वक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु।
७. सोचविचार एवं समीक्षा गर्न नसक्नु।
८. पढ्न र लेख्न असजिलो हुनु।
९. प्रासंगिक कुराहरू गर्नु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्नु।
१०. आधारभूत कामहरू जस्तै खाना बनाउने, कपडा छान्नेरलगाउने, नुहाउने आदि काममा अरूको सहायता खोज्नु।
जोगिने उपाए
अल्जाइमरको पुरा उपचार भने छैन। तर अल्जाइमर सुरुवाती चरणमा छ भने मल्टि भिटामिन, एन्टि अक्सिडेन्ट, माछाको तेलको मद्धतबाट दिमागको कोशिकाहरुलाई सन्तुलनमा राखी उपचार विधि सुरु गरी रोग बल्झिनबाट रोक्न सकिन्छ।
व्यक्तिमा अल्जाइमर देखापर्ने बित्तिकै उपचार गरिएन भने तीनदेखि चार वर्षसम्म बिरामीको मृत्यु हुने गर्छ। अल्जाइमर्समा मृत्युको मुख्य कारण खाना सड्किनु हो। खाना फोक्सोमा जानुलाई निमोनाइटिज भनिन्छ जुन मृत्युको मुख्य कारण हो।अहिले विभिन्न अल्जाइमर सम्बन्धी संस्थाले गर्दा सहज रुपमा नेपालका पनि बजारमा उपलब्ध छन्।अल्जाइमरको सही समयमा उपचार गर्न सकियो भने जुन तरिकाले यो रोग बल्झिदै जान्छ त्यसलाई कम गर्न सकिन्छ।