एजेन्सी– अस्ट्रेलियामा लाागेको डढेलो नियन्त्रणका लागि उडेको एउटा विमान दुर्घटनामा परेको छ। दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे बताइएकाे छ।
राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान दुर्घटनामा परेको हाो। अधिकारीहरुको अनुसनर ‘एयर वाटर ट्याङ्कर’ दुर्घटनामा परेको हो।
दुर्घटनामा परेको विमानको खोजीका लागि केही हेलिकोप्टरहरु परिचालन गरिएको जनाइएको छ। बुधबारदेखि तापक्रम बढेसँगै अस्ट्रेलियाका दक्षिण र पूर्वी क्षेत्रमा पुनः डढेलो फैलिएको छ।
राजधानी क्यानबेरासँगै न्यू साउथ वेल्स राज्यमा पुनः डढेलो फैलिने क्रम बढेको अधिकारीहरुले जानकारी दिएका छन्। गएको सेप्टेम्बरदेखि लागेको डढेलोका कारण अस्ट्रेलियामा हालसम्म ३० जनाको मृत्यु भएको छ। त्यस्तै १ करोड हेक्टरभन्दा बढी क्षेत्र डढेलोले विनाश गरको छ।