एजेन्सी – हृदयघातकाे उपचारकाे लागि अब घरभित्रै पाइने विभिन्न खाद्य पदार्थ र अन्य चीजहरुको पनि प्रयोग गर्न सकिन्छ। हृदयघात जस्तो डरलाग्दो र ज्यानमारा रोगको लागि पनि घरेलु उपचार हुन्छ भन्ने, कमै मानिसलाई थाहा होला। तर एक अध्ययनको रिर्सज अनुसार रातो खुर्सानीको सेवनले पनि हृदयघातलाई रोक्न सक्छ।
अनुसन्धानका अनुसार एउटा रातो खुर्सानीकोे सेवनले ५० प्रतिशत हृदयघातको बिरामीको ज्यान बचाउँन सक्छ। यसैगरी, रातो खुर्सानीबाहेक स्कच भान्टस, थाई चाई, अफ्रिकन बर्ड, हबनेरो, एलपीनो जस्ता खुर्सानीमा पनि उक्त तत्व पाउन सकिन्छ तर रातो खुर्सानीमा यसको मात्रा ज्यादै बढी हुन्छ।
यसको प्रयोग कसरी गर्ने
हृदयघात भएको व्यक्तिलाई एक गिलास पानीमा १ चम्चा रातो खुर्सानीको पाउडर घोलेर पिउन दिनुपर्छ। यसको लागि बिरामी होसमा हुन अत्यन्त जरुरी छ। यदि बिरामी होसमा छैन भने उसको जिब्रोको तल एक चिम्टि रातो खुर्सानीको पाउडर राखिदिनुपर्छ। यसले हृदयघात भएको व्यक्तिको शरीरमा रक्तसञ्चार सुचारु हुन मद्दत गर्छ। यो कार्य गर्दागर्दै बिरामीलाई तुरुन्त अस्पताल लैजानुपर्छ।
रातो खुर्सानीका अन्य फाइदाहरु
हृदयघातबाहेक विभिन्न प्रकारका छालाका एलर्जीमा लाभदायी हुन्छ, खानामा मिसाएर खाँदा विभिन्न प्रकारका फ्लुबाट बच्न सकिन्छ, यसको सही प्रयोगले दात र पेट दुखाई जस्ता समस्याहरुबाट बचाउँछ।
माइग्रेन, अर्थराइटिस र शरीरको अनावश्यक फ्याट दूर गर्नको लािग पनि यसले फाइदा गर्छ, यसको धेरै सेवन गर्दा पेटमा जलन हुन सक्छ त्यसैले थोरै मात्रामा यसको सेवनले ग्यास्ट्रिकसम्बन्धी समस्या हुँदैन र शुद्ध रातो खुर्सानीको सेवनले मिर्गौलाको क्यान्सर हुनबाट पनि बचाउँछ।