एजेन्सी — अस्ट्रेलियामा डढेलो नियन्त्रणका लागि उडेको एउटा विमानस्थ दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। अधिकारीहरुले आगो निभाउन उडेको विमान (एयर वाटर ट्याङ्कर) दुर्घटना परेको बताईएको छ।
राजधानी क्यानबेरासँगै न्यू साउथ वेल्स राज्यमा पुनः डढेलो फैलिने क्रम बढेको अधिकारीहरुले जानकारी दिएका छन्। राजधानी नजिकै ढडेलो फैलिन थालेपछि अस्ट्रेलियाको क्यानबेरा अन्तराष्ट्रिय विमानस्थल नै बन्द गरिएको छ।
गएको सेप्टेम्बर महिनाबाट शुरु भएको डढेलोका कारण अस्ट्रेलियामा १ करोड हेक्टरभन्दा बढी क्षेत्रलाई विनाश गरको छ भने अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन्। बुधबारदेखि तापक्रम बढेसँगै अस्ट्रेलियाका दक्षिण र पूर्वी क्षेत्रमा फेरि डढेलो फैलिएको छ।