एजेन्सी– गीत–संगीत र त्यसमा गरिने नृत्य बलिउड सिनेमाकाे महत्वपूर्ण पाटाे मानिन्छ। अहिले त आइटम डान्सबिनाकाे बलिउड फिल्म भेट्टाउन मुश्किल नै पर्छ। बलिउड फिल्मका म्युजिक र नृत्य सबैले रूचाएकाे पाइन्छ। त्यसैले कतिपय फिल्म फ्लप भएपनी त्यसका गीत संगीत भने सुपरहिट हुन्छन्।
यहाँ चर्चा ग¥याैं केहि सफल बलिउड अभिनेत्रीहरू जसले आफूलाई ‘आइटम गर्ल’ रूपमा पनि परिचित गराएका छन्।
आलिया भट्ट

सानै उमेरबाट बलिउडमा भित्र्यिएकी आलिया पछिल्लो समयको बलिउडकी टप अभिनेत्री मध्यको एक हुन्। केही समय पहिले रिलिज फिलम कलंकमा उनले ‘घर मोरे परदेशिया’ मा माधुरी दीक्षितका साथ नृत्य गरेकी थिइन्। अभिनयको अलवा नृत्यमा पनि उनी जो कोहीलाई टक्कर दिन सक्छिन्।
श्रद्धा कपुर

श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन्। उत्कृष्ट डान्स प्रदर्शन गर्ने उनलाई प्राकृतिक र इनर्जेटिक डान्सरको रूपमा चिनिन्छ। उनले डेब्यु फिल्मबाटै आफू राम्रो आइटम डान्सर भनेर आफुलाई चिनाएकी छिन्।
कट्रीना कैफ

बलिउडकाे सर्वाधिक सफल अभिनेत्रीमध्येमा पर्छिन् कट्रीना कैफ। धेरै फिल्महरूमा आइटम डान्सर गरेकी उनलाई हट आइटम गर्लकाे रूपमा चिनिनछ। कट्रीनाले ‘बार बार देखो’, ‘इथे आ’, ‘काला चश्मा’ जस्ता आइटम डान्सर मार्फत आफूलाई राम्रो आइटम डान्सरकाे रुपमा पनि प्रमाणीत गरेकी छन्। अभिनेत्रीको रुपमा समेत सबैको मन जित्न सफल भएकी कट्रीना कैफ हरेक आइटम मार्फत दर्शक मोहित पार्न सफल छिन्।
दिशा पटानी

दिशा पटानीलाई पनि बलिउडकाे सफल अभिनेत्री मानिन्छ। चलचित्रकाे नायिकाभन्दा बढी उनले आइटम डान्सरकाे रूपमा आफूलाई चिनाएकी छिन्। केही समय अगाडि रिलिज फिल्म ‘भारतमा’मा दिशाले ‘स्लो मोशन’ गीतमा सानदार डान्स मुभ देखाएकी थिइन्। सामाजिक संजालमा उनको डान्सिङ भिडियो निकै भाइरल भएको थियो।