जनकपुरधाम– राष्ट्रियसभा सदस्यकाे निर्वाचनअन्तर्गत प्रदेश २ मा मतदान जारी छ। बिहीबार बिहान १० बजेबाट जनकपुरधामस्थित महेन्द्र नारायण स्मृति सदनमा मतदान सुरु भएको हो।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पहिलो मतदान गरे। प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उप प्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ। निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतदान दिउँसो ४ बजेसम्म हुनेछ। उनले बिहान ११ः३० बजेसम्म सय जनाले मतदान गरिसकेकाे जानकारी दिएका छन्।
प्रदेश २ मा ३ सय ७९ जना मतदाता रहेका छन्। प्रदेशमा १ सय ७ जना सांसद छन् भने १ सय ३६ स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी २ सय ७२ जना छन्। राष्ट्रियसभा सदस्यको चार पदका लागि दुई गठबन्धनबाट आठ जनाको उम्मेदवारी परेको छ। नेकपा–राजपा र कांग्रेस–समाजवादी पार्टीले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन्।