काठमाडौं– क्यान्सर एउटा दीर्घ रोग हो र जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ। यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ। तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ।
यसको लक्षणहरु
१. पेटमा समस्या
पेटमा समस्या हुनुु ठुलो समस्या होइन। पखाला वा अपचको समस्याले क्यान्सरको संकेत हुन्छ्। पेटमा ग्यास भरिने र दुख्ने समस्या पनि हुनसक्छ।
२. रगत बग्नु
जीवनशैलकिा कारण यो कुनै पनि उमेरमा हुन सक्छ। यो समस्या ५० वर्षको उमेरपछि हुन्छ।
३. पिसाबमा परिवर्तन
पिसाब गर्दा पीडा हुन्छ वा पिसाबमा रगत देखिन्छ भने प्रोस्टेट क्यान्सर या डिम्बग्रन्थी क्यान्सरको लक्षण हुुनसक्छ। पिसाब रोक्न नसक्ने समस्या पनि क्यान्सरको लक्षण हुनसक्छ।
४. पिठ्युँमा पीडा हुनु
काम बढी गर्दा कुर्सीमा गलत तरिकाले बस्दा पिठ्युँमा पीडा हुनु सामान्य हो। पिठ्युँमा पीडा भइरहेको छ भने यो कोलोरेक्टल या प्रोस्टेट क्यान्सरको कारण हुन सक्छ।
५. तौल घट्नु
अरु कारणबिना नै अचानक धेरै तौल कम भयो भने यो चिन्ताको बिषय हुनसक्छ। कुनै पनि प्रयास नगरीकनै १० पौण्डभन्दा कम तौल भयो भने क्यान्सरको प्राथमिक लक्षणका रुपमा लिन सकिन्छ।
६. खोकी लाग्नु
चिसो र रुघाका अलावा धुमपान गर्नेहरुमा खोकीको समस्या देखिन्छ। यदि खोकीका साथ खकारमा रगत पनि आउछ भने अवस्था गम्भीर पनि हुन सक्छ।
७. थकाइ लाग्नु
कुनै कारणविना थकाई लागेको महसुुस हुन्छ भने क्यान्सरको सुरुवात लक्षण हुन सक्छ।
८. ज्वरो आउनु
लामो समयसम्म ज्वरो ठिक भएन भने क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ। क्यान्सरका कारण शरीरको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ, र शरीरले रोगबाट रक्षा गर्न सक्दैन।
९. छालामा परिवर्तन
छालामा असामान्य रुपमा परिवर्तन हुनु क्यान्सरको सुुरुवाती लक्षण हुन सक्छ। कुनै व्यक्तिको छाला विनाकारण पहेंलो वा कालो हुुन्छ भने यो क्यान्सरको संकेत हुन सक्छ।
१०. मुखभित्र वा जिभ्रोमा सेतो दाग
मुखको क्यान्सरको सुरुवाती लक्षण यस्तो हुन्छ। धुम्रपान वा सुर्तिको सेवनले गर्दा हुन्छ। व्यक्तिहरु मुखको क्यान्सरको जोखिममा हुन्छन्।