काठमाडौं– नायक धिरज मगर दर्शकको अत्याधिक रोजाइका नायक हुन्। उनको डेब्यू चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको पनि डेढ बर्ष हुन लाग्यो। तर, धिरज यसपछि पर्दामा आएका छैनन्।
उनले अभिनय गर्ने भनिएको चलचित्र ‘आई एम ट्वान्टी वान’ को छायाँङ्कन नै सुरु हुन सकेको छैन। यो चलचित्रमा धिरजको साथमा नायिका जसिता गुरुङ मुख्य भूमिकामा छिन्। रेनशा वान्तवा राइले यो चलचित्रको निर्देशन गर्दैछिन्।
तर, यहीबिचमा नायिका जसिता गुरुङले नायक अनमोल केसीसँग जोडी बन्ने गरी चलचित्र ‘एन्टी हिरो’ साइन गरेकी छिन्। निर्माण टिमका अनुसार, यो चलचित्रको छायाँङ्कन बैशाख १ गतेबाट सुरु हुनेछ।
जसिताले ‘एन्टी हिरो’ मा काम गर्ने पक्का गरेसँगै अब ‘आई एम ट्वान्टी वान’ को छायाँङ्कन कहिलेबाट सुरु हुन्छ भन्ने प्रश्न उब्जिएको छ। यदि भूवन केसीको चलचित्र भन्दा रेनशाको चलचित्रको छायाँङ्कन ढिलो सुरु भएको खण्डमा धिरजलाई दर्शकले अझै प्रतिक्षा गर्नुपर्ने हुन्छ।