काठमाडौं– डल्ले खुर्सानीको नियमित प्रयोगले गर्दा ग्यास्टिक तथा अल्सरको औषधि हुन्छ। यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्दछ। डल्ले खुर्सानी नियमित खादा मोटोपन घटाउनुका साथै बिभिन्न रोगको नियन्त्रण समेत गर्छ।
हाम्रो शरिरमा चिनिको मात्रा घटाउनुकासाथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउन मद्दत गर्दछ। अकबरे खुर्सानी स्वादका लागि मात्र नभई स्वाथ्यका लागि पनि उतिकै फाइदा जनक छ। तपाई हाम्रो घर गाउमा पाइने यो खुर्सानीले खानाको स्वाद बढाउनुका साथै यसलाई औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ।
यसलाई खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो र मिठो पनि हुन्छ। अकबरे खुर्सानी हालेर विशेष गरी बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। भने यसले थकाइ पनि मेटाउछ। यसको नियमित सेवन गर्नाले पिसावको बिरामीलाई समेत लाभदायी हुन्छ। त्यसैले अकबरे खुर्सानी स्वास्थ्यका लागि उपयोगि हुन्छ।