काठमाडौं – काठमाडौं चावहिलस्थित धोबी खोलाको किनारमा एउटा नवजात शिशुको शव फेला परेको छ।
महानगरीय प्रहरी बृत्त गौशालाको अनुसार गोपीकृष्ण हल नजिकै खोला किनारमा करिब ८ दिनजति उमेर भएकी (बालिका) शिशुको शव फेला परेको हो।
साल–नालसहितको शिशुको शवलाई पत्रिका र कपडाले बेरेर खोलामा फालेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ।
प्रहरीले शिशुको शव फाल्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ।