काठमाडौं – सुन्दर र निखार छाला चाहनुहुन्छ भने दुधकाे तर प्रयाेग गर्नुहाेस्। दुधको तरले तपाईकाे स्वास्थ्यलाइ निकै फाइदा पुर्याउँछ। जाडोमा छाला रुखो हुने, दाग धब्बा लगायतका समस्याकाे लागि तरकाे प्रयाेग राम्राे मानिन्छ। धेरै फ्याट हुने भएकाले मानिसहरु यसलाई खाँदैनन्। तर छालाको समस्याका लागि तपाईंले तर खाने होइन, लगाउनु उपयुक्त हुन्छ।
छालाका लागि सर्बगुणी मोइस्चुराइजर
दुुधको तर तपाईंको छालाका लागि सबैभन्दा राम्रो मोइस्चुराइजर मानिन्छ। केही मिनेटसम्म अनुहारमा तरले मसाज गर्दा छालाको ‘ड्यामेज टिश्यु’ रिपेयर हुन्छ, जसका कारण छाला स्वस्थ हुन्छ।
छालाको सबै दाग धब्बा तरले हटाउँछ
यदि तपाईंको छालामा दागधब्बा धेरै छन् भने, बेसनले छाला सफा गरेपछि तर र कागती लगाउनुहोस्। त्यसपछि अनुहारलाई हल्का मनतातो पानीले धुनुहोस्। राती सुत्नुअघि यसो गर्दा बिहान उठ्दा तपाईंले यसको असर देख्नुहुनेछ।
दुधको तर, मह, भिटामिन इ र ल्याक्टिकमा एसिड हुन्छ, जसले छालामा निखार ल्याउँछ। यस्तै, कागतीमा पाइने भिटामिन सीले छालाको रङ सफा हुनुका साथै दाग धब्बा हल्का हुन थाल्छ।
चाउरीपन कम गर्छ
आँखा र अनुहारमा पर्ने चाउरीपनलाई कम गर्न निकै सहयोग गर्छ। राती दुधको ताजा तरमा थोरै आँटा मिसाएर अनुहारमा लेप जसरी लगाउनुहोस्। लगाएको १५ मिनेटपछि चिसो हातले अनुहारमा मज्जाले रगड्नुहोस् र सबै आँटा रगडेर नै हटाउनुहोस्। त्यसपछि अनुहारलाई चिसो पानीले धोएमा राम्रो हुन्छ।
तरको फेसप्याकले अनुहार चम्किलो बनाउँछ
तरमा बेसन, मुल्तानी माटो, सुन्तलाको बोक्राको पाउडर र स्याउलाई पिसेर एउटा पेष्ट बनाउनुहोस्। यसलाई अनुहार र हात–खुट्टामा लगाउनुहोस्। यसले छाला सफा र नरम हुन्छ। अनुहारको छालामा निखार पनि आउँछ। चाउरी र छालाको दाग धब्बा हट्दै जान्छ।
साथै, छाला फुट्ने जस्ता समस्या पनि हुँदैनन्। तरले छालाको रुखोपनलाई हटाउँदै स्वभाविक कोमलता प्रदान गर्छ। तरको सिद्धान्त यस्तो छ, जसलाई दैनिक रुपमा अनुहारमा लगाउँदा छाला लामो समयसम्म जवान बनाउँदछ।