काठमाडौं– लोकप्रिय गायक बिमलराज क्षेत्रीको लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’ टिकटकमा छोटो समयमै सबैभन्दा हिट हुन सफल भएको छ। बिमलराज क्षेत्री र अहिलेकी चर्चित गायिका बिष्णु माझीको आवाजमा रहेको यो गीतको सबै टुक्कामा टिकटक बनिरहेको छ। एफ.एम. टेलिभिजन र अनलाईन, पत्रपत्रिका सबै ऐना हेरी हेरीमय बनिरहेको छ। गायिका बिष्णु माझी मिडियामा नदेखिएको लामो समय भईसक्यो। बिमलराज क्षेत्री र सर्जक एकनारायण भण्डारीलाई अहिले मिडियामा भ्याई नभ्याई अन्तरवार्ता दिनु परिरहेको छ।
सबै मिडियाकर्मीले उनीहरुलाई पछ्याउँन थालेका छन्। नेपाली लोकदोहोरी गीतमा अहिलेसम्मकै सबैभन्दा महङ्गो लगानीमा बनेको यो गीतको भिडियो निर्देशन शान थापाले गरेका हुन्। त्यसैगरी गीतको म्यूजिक भिडियोमा चर्चित मोडल कविता नेपाली र भिजु पार्कीको निकै राम्रो नृत्य रहेको छ। आशिष अविरलको संगीत संयोजन र एकनाराण भण्डारीको यो सृजनाले अहिले बजारमा पृथक स्थान लिएको छ। विगत लामो समयदेखि नेपाली गीत संगीतमा अमूल्य योगदान दिईरहेका गायक बिमलराज क्षेत्रीलाई यो गीतले अझै उचाईँमा पुर्याउने पक्का छ।
बिमलराज क्षेत्रीको आवाजको नेपाली गीत संगीतमा पृथक पहिचान छ। उनको आवाजलाई कसैसँग पनि तुलना गर्न मिल्दैन। सङ्ख्यात्मक भन्दा गुणात्मकलाई ध्यान दिने बिमलराजका विगतका ‘बल्लै भो भेट, रानीघाटैमा, अंगुर अमिलो, जापान टोकियो, ,हिमाल सेतै छ, सुपारी चाम्रो र बुट्टे रुमाल’ जस्ता दर्जनौ सुपरहिट गीतहरु बजारमा छन्। यो गीतबाट कस्तो आशा गर्नुभएको छ भनी नेपाली पब्लिकले सोधेको प्रश्नमा उहाँले मेरा सबै सृजनाहरुलाई दर्शकले सदावहार भन्ने नाम दिनु भएको छ।
त्यसैले यो गीत पनि विगतका गीतहरु जस्तै सदावहार बनोस् भन्ने चाहना भएको उनी बताउँछन्। २० औं बर्ष नेपाली गीत संगीतमा सक्रिय गायक ‘कहिले अभाव, कहिले सुख, कहिले दुख यी सबै उतारचढाप सहने मानिस मात्र कलाकार बन्न सक्ने दाबी गर्छन्।’ साथै सस्तो लोकप्रियताको लागि हिजो पनि काम गरिन्, आज पनि र भोली पनि नगर्ने बताउँछन्। एकनारायण भण्डारीको अफिसियल यूटुब च्यानलबाट गीत बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=eYf12Atm4Kc