काठमाडौं – संसारमा अटिजम र एटेन्सन डिफिसिट हाइपर एक्टिभ सिन्ड्रोमका लक्षण भएका बालबच्चाकोे सङ्ख्या दिन प्रतिदिन बढिरहेको देखिन्छ। यो एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो। यसमा बच्चाको उमेर अनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन। यसको उपचारमा बच्चाहरू दुई वर्ष हुँदा अथवा शारीरिक क्रियाकलाप र सञ्चारका बारेमा अवलोकन गर्दा नै यो समस्याको रोकथाम हो। यो समयमा नै गरिने मनोवैज्ञानिक परामर्श, सामजिक परामर्श, बोलीमा समस्या भएकाहरुलाई स्पिच थेरापी, कम्युनिकेसन यसको प्रभाव कम गर्ने उत्तम उपाय हुन्।
दुई वर्षसम्मको हुँदा बच्चाहरुको निम्न कुरामा विकास भएको छैन भने ख्याल गर्नुपर्छ
१. शब्द र साङ्केतिकरूपमा इसारा गरेर समेत भावना आदानप्रदानमा समस्या देखिनु वा चुस्त नहुनु,
२. घरको परिवारका सदस्य र हेरचाह गर्ने व्यक्तिहरूसँग समेत सामाजिक र भावनात्मक रूपमा संसर्गमा आउने, जिस्कने, खेल्ने आदि गर्न नसक्ने,
३. बोली ढिलो फुट्ने, सामान्य बच्चाहरू बोलचाल गर्ने उमेर पुगेपछि वा हुर्की सक्दा पनि बोलचाल सुरू नगर्ने,
४. आँखामा आँखा जुधाएर कुराकानी वा भावनात्मक आदान प्रदान नगर्ने,
५.दैनिक प्रयोग गर्ने सामान नचलाए
बच्चामा यस्तो समस्या देखिएका छ भने तुरुन्तै डाक्टरको उचित परामर्श लिनु आवश्यक छ।