एजेन्सी– चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले अब गुगलको म्याप प्रविधिको साटो टोमटोमको म्यापिङ सफ्टवेयर तयार पार्ने भएकाे छ। कम्पनीले टोमटोम कम्पनीसँग म्यापकाे तयारीका लागि साझेदारी गरी गुगल म्यापको विकल्प खोजेको हाे।
टोमटोमका प्रवक्तालाई उदृत गर्दै रोयटर्सले कम्पनीहरुबीच केही समय अघि नै सम्झौता भएकाे उल्लेख गरेकाे छ। सम्झौता अनुसार ह्वावेले अब गुगलको म्यापको सटो टोमटोमको म्यापिङ, ट्राफिक तथा नेभिगेसन सफ्टवेयर प्रयोग गर्न सकिनेछ।
यस बाहेक ह्वावेले आफ्नो स्मार्टफोन एपहरु बनाउनका लागि टोमटोमका सफ्टवेयरहरु पनि प्रयोग गर्न सक्नेछ। टोमटोम डिजिटल म्यापको क्षेत्रमा गतिलो कम्पनी भएकाले उक्त कम्पनीसँग ह्वावेको साझेदारीलाई असल कदमको रुपमा हेरिएको छ।
यद्यपी ह्वावेले आफ्ना प्रयोगकर्ताहरुलाई यस अघि गुगल म्याप प्रयोगको समयमा संकलित डेटालाई आफ्नो नयाँ एपमा ल्याउन दिन्छ वा दिँदैन भन्ने कुरा यकिन हुन भने बाँकी नै छ।