काठमाडौं – छालाको स्वास्थ्य समस्याबाट जोगिन विशेष ध्यान दिनु पर्दछ। किनकी छाला मानिसको बाहिरी भाग हो। जसमा कुनैपनि समस्या भयो भने त्यसले नराम्रो असर पार्दछ। त्यसैले छालाको समस्या बाट जोगिनको लागि सबैभन्दा पहिले आफ्नो खानपानमा ध्यान दिनु पर्दछ। केही यस्ता तत्वहरु पनि छन्, जस्ले छालाको समस्याबाट जोगिन राहत दिन्छ।
रातो मासु र अल्कोहल रातो मासु र रक्सी
यसैपनि स्वास्थ्यको लागि नराम्रो मानिन्छ। रातो मासु र अल्कोहलमा फ्षटको मात्रा धेरै हुन्छ। जुन स्याचुरेटेड फ्याट हुन्छ जसले मुटु र छाला दुवैलाई नोक्सान पुर्याउन सक्छ।
तारेको परिकार
तारेको, धेरै तेलमा भुटेको खाने कुरा जस्तै पुरी, भटुरा, समोसा, सेलरोटी जस्ता खाद्य पदार्थ खानबाट जोगिनु पर्छ। यस्ता तेलमा बनाइएका खानेकुराको सेवनले तपाईंको छालामा प्रत्यक्ष असर पार्छ। छाला तैलीय हुनुका साथै अनुहारमा अनावश्यक डन्डिफोर आउन थाल्छ।
फ्याटयुक्त खानेकुरा
केक, पेस्ट्रीज, कुकीज, क्रीमले बनेका परिकार वा क्रिमजन्य बिस्कुट आदिमा वनस्पति घ्यूको प्रयोग गर्ने गरिन्छ। जसले गर्दा यसमा ट्रान्स फ्याटको मात्रा अत्यधिक हुन्छ। यसको सेवन गर्नाले छालामा असर हुनुका साथै हर्ट अट्याकको खतरा पनि बढेर जान्छ।
आवश्यक्ता भन्दा बढि कार्बोहाइड्रेटको सेवन
सेतो चामल, सेतो चिनि, सेतो पाउरोटी, सोडा, तयारी जुस, मैदाले बनेका परिकार जस्ता खानेकुरा खानु तपाईंको स्वास्थ्यको लागि हानि कारक हुन सक्छ। किनकी यसमा पर्याप्त मात्रामा पाइने कार्बोहाइड्रेटले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ। त्यति मात्र नभई यसको अत्यधिक सेवनले तपाईंको छालाको चमक कम हुँदै जान्छ।
डेरीका परिकार
दूधले बनेका परिकार स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ। तर, यो शुद्ध छ भने मात्रै, अन्यथा मिसावट युक्त दूध वा दही छ भने त्यसले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ।