काठमाडाैं — एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ। हाल चिकित्सकको सिफारिसबिना नै एन्टिबायोटिक औषधि सेवन गर्नेको संख्या बढ्दै गएको छ। एन्टिबायोटिक प्रयोग गर्दा स्वास्थ्यमा गम्भिर असर हुनसक्छ। यसकाे गलत प्रयोगका कारण जोखिम बढ्दै गएको पाइन्छ।
एन्टिबायोटिक प्रयोगका कारण कतिपय बिरामीमा औषधिले कामै नगर्ने स्थिति आउने गरेको चिकित्सकले बताउँछन्। एन्टिबायोटिक ब्याक्टेरियाको कारणले हुने संक्रमण र रोगलाई निको पार्न प्रयोग गरिने औषधि हो। यसको प्रयोग गरेकै कारण सानासाना रोगसमेत लामो समयसम्म काम नगर्ने, चिकित्सकको भनाइ छ।
चिकित्सकको प्रेस्क्रिप्सनबिना जथाभावी औषधि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ। तर, औषधि पसलबाट सहज रुपमा औषधि बिक्रि भइरहेको छ। चिकित्सकका अनुसार एन्टिबायोटिक औषधिले ब्याक्टेरियालाई नष्ट गर्न र ब्याक्टेरियाको वृद्धि हुने क्षमतामा त्रास ल्याउने काम गर्छ। तर, एन्टिबायोटिक संक्रमण रोगविरुद्ध प्रयोग हुने महत्वपूर्ण औषधिसमेत हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहले एन्टिबायोटिकको दुरुपयोग बढेको भन्दै रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँछन्।