एजेन्सी – हामी अधिकांशको बुझाइ यो छ कि, फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहिरहन्छ। तर कतिपय यस्ता चिजहरु पनि हुन्छन् जुन फ्रिजमा राख्दा धेरै हानीकारक पनि हुन्छ।
फ्रिजमा राख्न नहुने कुराहरु
पाउरोटी– हामी ब्रेडलाई फ्रिजमा राखेर धेरै दिनसम्म खाने गर्छौ तर ब्रेडलाई फ्रिजमा राख्नाले अत्यधिक सुख्खापन आउने हुनाले हानिकारक हुन्छ।
आलु– फ्रिजमा आलु राख्नाले आलुको स्टार्च सुगरमा परिणत हुन्छ। यसले चाँडै आलुलाई बिगार्ने काम गर्छ
अण्डा– फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। अण्डा फ्रिजमा राख्दा यसले कैयन् संक्रमणको खतरा हुन्छ।
कागती, सुन्तला, मौसम– यस्ता फलफुलहरु फ्रिजमा राख्नु हानिकारक मानिन्छ।
अचार– अचारमा भेनेगर अत्यधिक हुन्छ, भेनेगर राखिएको अचार फ्रिजमा राख्नाले फ्रिजमा राखेका अन्य सामान पनि बिग्रने डर हुन्छ।
लसुन– लसुन यदि फ्रिजमा राखियो भने यसको वास्तविक स्वादमा ह्रास आउँदछ।
केरा– जानी नजानी कहिलेकाँही फलफुलहरु फ्रिजमा राख्ने क्रममा कसै कसैले केरालाई पनि फ्रिजमा राख्ने गर्दछन्, त्यो बिल्कुल गलत हो। केरालाई फ्रिजमा राख्दा बढी चिसोले कडा हुन्छ। लगत्तै बाहिर झिक्नासाथ पानी पानी हुन्छ जुन स्वाद रहित हुन्छ।