काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
बिहीबार(आज) भएको निर्वाचनमा श्रेष्ठ एक हजार २ सय १८ मत अन्तरले विजय भएका छन्। सदस्य श्रेष्ठले तीन हजार चार सय ६२ मत पाए भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए। नेकपाले गण्डकी प्रदेशमा अन्यबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो।