काठमाडाै- सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ।
सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए। यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ।
यहाँ एक हजार ९९० हेक्टरमा सुन्तला बगैँचा छन्। यद्यपि सुन्तला उत्पादन भने एक हजार १९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ। गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि गत वर्ष यो वर्षको भन्दा बढी मूल्य किसानले पाउन सफल भएका थिए।