एजेन्सी– स्वादका लागि हामी धेरैजसो खानासँगै अचार खाने गर्दछौं। बोतल वा प्लाष्टिकमा प्याक गरिएका विभिन्न स्वादको रेडीमेट अचार बजारमा छ्याप्छ्याप्ती पाइन्छन्।
तर यस्ता अचार खाने बानीका कारण उच्च रक्तचाप, क्यान्सर, हृदयघातजस्ता थुप्रै रोगको खतरा बढ्ने हुन्छ। अचार धेरै खाँदा शरिरमा सोडियमको स्तर बढ्ने गर्दछ जसले गर्दा धेरै समस्या निम्त्याउने गर्दछ। नियमित यस्ता अचार खाएमा स्वास्थ्यका लागि ठुलो नोक्सान गर्दछ।
यस्ता छन् नियमित अचार खाँदा निम्तिने खतराहरूः
क्यान्सर– धेरै अचार खाँदा शरिरमा सोडियमको मात्रा बढ्ने गर्दछ। यसले पेटको क्यान्सर हुने खतरा पनि बढ्ने गर्दछ।
हृदयघात– खाना खाँदा धेरै अचार खाँदा रक्त संचार बिग्रने भएकाले यसले दिमागमा नराम्रो असर पुर्याउँछ। यसो हुँदा स्ट्रोकको खतरा बढ्ने गर्दछ।
रक्तचाप– खानामा धेरै अचार समावेश गर्दा शरिरमा सोडियमको मात्रा बढ्ने गर्दछ। यसले उच्च रक्तचापको आशंका बढ्ने गर्दछ।
मुटु– अचारमा समावेश सोडियमले रक्त संचारलाई बिगार्छ। यसले मुटुको समस्याको आशंका बढ्ने गर्दछ।
तौल बढाउँछ– अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ। यस्तो अवस्थामा शरिरमा बोसो बढ्ने गर्दछ।
मृगौला– अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ। यसले पत्थरीको समस्या निम्त्याउँछ।
कपाल झर्छ– अचारमा पाइने सोडियमले कपाल झर्ने समस्या निम्त्याउँछ।
मधुमेह– गुलियो अचारमा चिनीको मात्रा धेरै हुन्छ। खानामा यसलाई धेरै समावेश गर्दा मधुमेह रोगको प्रबल सम्भावना हुन्छ।