एजेन्सी– उपाधि दावेदार मानिएको एटलेटिको म्याड्रिड कोपा डेल रे अन्तर्गत बिहीबारको खेलमा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ। अग्रता लिनका बाबजुद एटलेटिको २–१ ले पराजित भएको हो।
प्रशिक्षक डिएगो सिमिओनीले बलियो सुरुवाती ११ रोजेपनि अपेक्षित प्रदर्शन भने गर्न सके। घरेलु टोली कल्चरल लिओनेसाले एटलेटिको म्याड्रिडलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो। खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए।
खेलको ८२ औं मिनेटमा जुलेन कास्टेनादाले गोल गर्दै लिओनेसालाई बराबरीमा ल्याए। निर्धा्रित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १ सय ८ औं मिनेटमा सर्जियो बेनिटोले गोल गर्दै लिओनेसालाई अनपेक्षित जितनजिक पुर्याए।
सन् २०११ यता एटलेटिकोले पहिलो पटक तल्लो श्रेणीको टोलीसँग हार बेहोरेको हो। एटलेटिकोको दोस्रो टोली र लिओनेसा हाल एकै श्रेणीमा खेल्ने गरेको छ। लिगको तेस्रो स्थानमा रहेको एटलेटिको यस पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको छ। पछिल्लो खेलमा एटलेटिको एइबारसँग पराजित भएको थियो।