काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको छ।
काठमाडौंको छाउनी र नगरकोटमा हुने अभ्यास आगामी फागुन ५ गतेदेखि शुरु हुनेछ भने चैत ६ गते सकिनेछ। यो अभ्यासमा नेपाली सेनाका ३६ र अमेरिकी सेनाका ९ जना सेना सहभागी हुनेछन्।
अभ्यास दुई देशका सेनाबीच अन्तराष्ट्रिय मानवीय कानून, घाइतेहरूको उद्धार र शहरी विद्रोह नियन्त्रणमा केन्द्रित हुनेछ।