काठमाडौं – प्रायः नेपालीहरुको भान्सामा अदुवाको प्रयोग अनिवार्य हुन्छ। अदुवा सेवन गर्नु अति नै फाइदाजनक हो। यसले शरीरलाई तातो बनाउँ। रुघाखोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ। तर, अदुवाको सेवन सबैको लागि फाइदाजनक हुँदैन। त्यसैले आज हामी केही चर्चा गर्नेछौं।
कस्तो व्यक्तिलाई अदुवाको सेवन हानिकारक
गर्भधारणमा अदुवाको सेवन खतरनाक
गर्भधारण भएको समयमा अदुवाको सेवन गर्नुहुँदैन। सुरुवाती महिनामा अदुवाको सेवन राम्रो भए पनि पछि यसको सेवनले नोक्सान र्पुयाउन सक्छ। बच्चा जन्मनु तीन महिना अगाडि अदुवाको सेवन खतरनाक हुनसक्छ। यो समयमा अदुवाको सेवन गर्नाले प्रिम्याच्योर डेलिभरी हुने खतरा हुन्छ।
दैनिक औषधि प्रयोग गर्ने व्यक्तिहरुका लागि
दैनिक औषधि प्रयोग गर्ने व्यक्तिले अदुवाको सेवन गर्नुहुँदैन, किनभने ती औषधिमा समावेश ड्रग्सहरु जस्तै बेटा–ब्लोकर्स, एन्टिकोगुलेन्ट र इन्सुलिन अदुवासँग मिलेपछि खतरनाक मिश्रण बन्छ।
पित्तमा पत्थरी भएमा
पित्तको पत्थरी भएको व्यक्तिलाई अदुवाको सेवन खतरनाक हुनसक्छ। वास्तवमा अदुवाको सेवनले शरीरमा भाइल जुस अत्याधिक मात्रामा बनाउन सुरु हुन्छ। पित्तको पत्थरी हुँदा त्यो जुस बढी मात्रामा निर्माण हुनु खतरनाक हुनसक्छ। त्यसैले यस्तो स्थितिमा अदुवाको सेवन गर्नुहुँदैन।
अप्रेशन गर्न लागेका व्यक्तिहरुका लागि
अप्रेसन गर्ने व्यक्तिले दुई हप्ताअघिदेखि नै अदुवाको सेवन गर्नुहुँदैन। किनभने अदुवाको सेवन गर्नाले रगत पातलो हुन्छ। जुन सामान्य स्थितिमा शरीरको लागि ठिक होइन। सर्जरीको समयमा अदुवाको सेवन गर्नाले तपाईंको शरीरबाट बढी मात्रामा रगत बग्न सक्छ।
रगत सम्बन्धी समस्या हुनेहरुका लागि
व्यक्तिमा रगत सम्बधी समस्या छ भने त्यस्ता व्यक्तिहरुले अदुवाको सेवन गर्नुहुँदैन। किनभने अदुवाको सेवनले रगत पातलो हुन्छ। यहि कारणले गर्दा केही व्यक्तिहरुलाई हल्का घाउ हुँदा पनि रगत धेरै बग्छ।
दुब्लो मानिसका लागि
दुब्लो व्यक्तिको लागि अदुवाको सेवन हानिकारक हुन्छ। किनभने अदुवामा फाइबर हुन्छ र यसले शरीरको पीएच लेवललाई बढाउँछ। जसले गर्दा खाना पचाउने एन्जाइम्स एक्टिवेट हुन्छ। यसले चिल्लो पदार्थलाई तीब्र गतिमा उत्पन्न गराउँछ र भोक कम लाग्छ, जसका कारण वजन कम हुन थाल्छ।